
काठमाडौं, जेठ २६ । बुधबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रह्यो । बजार परिसूचक नेप्से १५ अंकले उकालो लागेर १५ सय ४६ पुग्यो ।
होटल बाहेक कारोबार भएका अरु सबै जसो समूहमा सुधार आएसंगै नेप्सेमा पनि उल्लेख्य बृद्धि आएको हो ।
बीमा समूहमा ३ सय ८७ अंकको उच्च बृद्धि आयो । उत्पादनमूलक समूह २५ अंकले र विकास बैंक समूह १० अंकले उकालो लागे ।
अरु समूह सामान्य अंकले सकारात्मक रहे । होटल समूह २७ अंकले ओरालो लाग्यो । अन्य समूह स्थीर रह्यो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३४ कम्पनीको १६ लाख ५२ हजार कित्ता शेयर १ अर्ब ३० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्