
काठमाडौं, जेठ २६ । नेपालमा लघु, घरेलु तथा साना उद्योगसँग सम्बद्घ उद्यमीहरूको छाता संगठन नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा श्याम गिरी निर्वाचित भएका छन् ।
महासंघको राजधानीमा सम्पन्न २३ औं राष्ट्रिय महाधिवेशन तथा २० औं राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट यस अघि वरिष्ठ उपाध्यक्ष रहनुभएका गिरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष गिरीले आगामी दिनमा सामुहिकताका साथ लघु, घरेलु तथा साना उद्योगीको हकमा काम गर्ने अभिप्रायले निर्देशित रहेर महासंघलाई अगाडि बढाउने बताउनुभएको महासंघले जनाएको छ ।
भूकम्प र नाकाबन्दीबाट असर परेको उद्योग क्षेत्रको पुनःस्थापनाका लागि ठोस कदम चाल्नका लागि पहल गर्ने पनि उनको भनाई छ । यसैगरी महासंघको बरिष्ठ उपाध्यक्षमा उमेश प्रसाद सिंह र महासचिवमा डम्बर प्रसाद रेग्मीलाई निर्वाचित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्