९ असार २०८२, सोमबार | Tue Jun 24 2025


जङ्गली च्याउ खाँदा एकै घरका दुई जनाको मृत्यु


0
Shares

खोटाङ, जेठ २६ । खोटाङमा जङ्गली च्याउ खाँदा एकै घरका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ बाँझेच्यानडाँडा–१ सेखुवाका तारा राई र अनिता राई छन् ।

मंगलबार जङ्गली च्याउ खाएपछि सिकिस्त बनेका अनिता र ताराको ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

च्याउ खाँदा बिरामी बनेका राममाया, रुकमान र राम राईको अवस्था गम्भीर छ । उनीहरुको ललितपुरको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।