Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


स्थायी राजधानी कायम गर्न माग गर्दै विराटनगर बन्द


0
Shares

विराटनगर, वैशाख २३ । प्रदेश नं. १ को राजधानी विराटनगर कायम गर्न माग गर्दै आज विराटनगर महानगरपालिका बन्द आह्वान गरिएको छ ।

विराटनगर नागरिक संघर्ष समितिको आह्वानमा बन्द गरिएको हो ।

प्रदेशको राजधानीका संरचना विकेन्द्रित रूपमा राख्न खोजिएको भन्दै संघर्ष समितिले विराटनगरलाई नै राजधानी कायम गर्न माग गर्दै बन्द गरेको हो । बन्दले बिहानैदेखि जनजीवन प्रभावित बनेको छ । यातायातका साधन चल्न सकेका छैनन् । शिक्षण संस्थाले आकस्मिक रूपमा बिदाको घोषणा गरेका छन् ।

प्रदेशसभामा हिजो दर्ता भएको राजधानी बारेको प्रस्तावमा राजधानी विराटनगर रहने भनिए पनि व्यवस्थापिका, कार्यपालिका विराट क्षेत्रअन्तर्गतका इटहरी, सुन्दर हरैंचालगायत स्थानमा राख्नुपर्ने भनिएको थियो । यसले गर्दा विराटनगरबाट राजधानी अन्यत्र लान खोजिएको भन्दै दबाब दिन बन्द आह्वान गरिएको हो ।