२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


थाइल्याण्डमा राजाको उच्च कदर, आज खुसीयाली मनाईंदै


0
Shares

काठमाडौं, जेठ २७ । राजा भूमीबोल अदुल्यादेजले राजसिंहासन सम्हालेको ७० वर्ष पुगेको अवसरमा थाइल्याण्डमा आज खुसीयाली मनाईंदै छ ।

आफ्ना राजालाई पिता र भगवान सरह मान्ने थाई जनताले राजा भूमीबोल राजा भएको ७० वर्ष पुगेको उपलक्ष्यमा राजधानी बैंककलगायतका शहरमा खुसीयाली मनाइरहेका हुन् ।

उनीहरुले बौद्ध मन्दिरहरुमा पूजा पाठसमेत गरेका छन् । दुई दिन अघि मात्रै मुटुको शल्यक्रिया गर्नुभएका राजा भूमीबोलको स्वास्थ्यलाभको कामना गरी ७ सय ७० जना थाई भिक्षुको समूहले बौद्ध स्तूपाहरुमा मैनबत्ती बालेका छन् ।

८८ वर्षीय राजा भूमीबोलले भने आफू अस्वस्थ भएका कारण कुनै समारोहमा सरिक हुन नसक्ने जनाउ दिएका छन् । (एजेन्सी)