१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


प्रहरीले चलायो निःशुल्क बस, यस्तो छ रुट


0
Shares

काठमाडौं, जेठ २७ । नेपाल प्रहरीले बिहीबारको नेपाल बन्दलाई मध्यनजर गर्दै उपत्यकामा निःशुल्क बस सन्चालन गरेको छ ।

नेकपा माओवादीले गरेको बन्दले यात्रुलाई सास्ती भएपछि प्रहरीले दुईओटा बस निःशुल्क सन्चालन गरी सेवा प्रदान गरेको हो । बस बिहान १० देखि ५ बजेसम्म सन्चालन हुनेछ ।

उक्त बसहरु नक्साल, मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, सहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपालचोक, बालुवाटार हुँदै नक्साल र अर्को बस नक्साल, पुतलीसडक, माइतीघर, कुपन्डोल, पुल्चोक, जाउलाखेल, एकान्तकुन्ना, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै नक्सालसम्म सन्चालन गरिएको बताइएको छ । रासस