१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


भूकम्पपीडितलाई असारभित्र ९० प्रतिशत छुटमा काठ वितरण : वनमन्त्री


0
Shares

काठमाडौं, जेठ २७ । वनमन्त्री अग्नि सापकोटाले भूकम्पपीडितलाई घर बनाउन सरकारले यही असार महिनाभित्र ९० प्रतिशत छुटमा काठ वितरण गर्ने जानकारी दिएका छन् ।

विहीबार राजधानीमा भएको एक कार्यक्रममा उनले वर्षामा भूकम्पपीडितहरु खुल्ला आकाशमुनि बस्न नपरोस् भनेर सरकारले असारभित्रै छानोमा सार्ने गरी सम्पूर्ण बन्दोबस्त मिलाएको र त्यसकै लागि काठ वितरणकार्य पनि सुरु गर्ने बताए ।

वनमन्त्री सापकोटाले काठ वितरणलाई व्यवस्थित बनाउन प्रमुख जिल्ला अधिकारी र प्रमुख वन अधिकृतको संयोजकत्वमा वन पैदावर आपूर्ति समितिसमेत गठन भैसकेको जानकारी पनि दिए ।

उनले पहिलो चरणमा भूकम्पबाट अति प्रभावित १४ जिल्लामा पुनःनिमाणको कार्य तीव्रताकासाथ अघि बढाइने पनि बताए ।