२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


गठबन्धनको अनसनस्थलमा पुगेर सरकारलाई बाबुरामको गम्भीर आरोप (भिडियोसहित)


0
Shares

काठमाडौं, जेठ २७ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले नै नेपाललाई अन्तराष्ट्रिय द्वन्द्वको केन्द्र बनाउन खोजेको गम्भीर आरोप लगाएका छन् ।

विहीबार काठमाडौंको खुल्लामञ्चमा संघीय गठबन्धनको रिले अनसनलाई समर्थन जनाउँदै डा. भट्टराईले सरकारमा रहेका केही मान्छेहरुको स्वार्थ र संकीर्ण सोचका कारण नेपाल द्वन्द्वको केन्द्र बन्ने खतरा बढेको बताए ।

उनले राज्य पुनःसंरचना समिति र आयोगले दिएको प्रतिवेदनको आधारमा संविधान संसोधन गरी सबैको माग सम्बोधन हुने गरी संघीय प्रदेशहरुको निर्धारण गरिनुपर्ने बताए ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्