Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


तेक्वान्दो महासंघका उपाध्यक्ष गिरी ठगी आरोपमा पक्राउ


0
Shares

काठमाडौं, जेठ २७ । नेपाल इन्टरनेसनल तेक्वान्दो महासंघका उपाध्यक्ष चेतनराज गिरीलाई नक्कली कागज बनाइ दक्षिण कोरिया पठाइदिने भनी विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको छ ।

म्याग्दी घर भएका ५३ वर्षीय टेकप्रसाद लामगादेबाट रु एक लाख र दीपक सुनारबाट रु दुई लाख ६० हजार लिई इन्टरनेसनल तेक्वान्दो फेडरेसनको नक्कली कागज बनाएको जनाउँदै महानगरीय अपराध महाशाखाको टोलीले स्थानीय त्रिपुरेश्वरबाट उनलाई पक्राउ गरेको हो ।

जुम्ला चन्दननाथ नगरपालिका घर भएका गिरीलाई ठगी मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

झापा घर भएका राजेन्द्र दवाडीलाईसमेत फेडेरेसनको नक्कली कार्डमार्फत् तेक्वान्दोको खेलाडी बनाइ रु सात लाख ५० हजार लिइ लन्डन पठाएकामा नक्कली कागजात भन्ने थाहा भएपछि त्यहाँको विमानस्थलबाट फिर्ता पठाइएको थप जाहेरी महाशाखामा परेको छ ।

उनले महासंघबाट नक्कली खेलाडी बनाइ रकम लिएर अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अभियुक्त गिरी रग्वी संघकोसमेत महासचिव रहेको तथा उनले न्यूजिल्यान्ड, बेलायत, चीन र क्यानडामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो खेलमा रेफ्रीकारुपमा भूमिका निर्वाह गरेका थिए । रासस

Skip This