२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राष्ट्रिय सरकारको नेतृत्व मैले गर्छु : प्रधानमन्त्री


0
Shares

विराटनगर, जेठ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउनुको विकल्प नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा विहीबार साँझ सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधान कार्यान्वयन तथा सम्मुनत नेपाल निर्माणका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताए ।

तर, सहमतीय सरकार निर्माणका लागि नेपाली कांग्रेसले पनि सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

दलहरुबीच सहमति जुटे त्यस्तो सरकारको नेतृत्व पनि आफैंले गर्ने प्रधानमन्त्री ओलीले बताए ।