२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


सुनको मूल्य विहीबार उकालो लाग्यो


0
Shares

काठमाडौं, जेठ २७ । पछिल्ला दिन स्थीरजसो रहेको सुनको मूल्य विहीबार उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले उकालो लागेर ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि, अघिल्ला ३ दिन ५५ हजार २ सयमा स्थीर रहेको थियो ।

विहीबारर चाँदीको भाउ पनि २५ रुपैयाँले उकालो लागेर ७ सय ८० रुपैयाँमा कारोबार भयो ।

अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रतिऔंस १२ सय ६१ डलर हाराहारीमा कारोबार भएको थियो ।