
काठमाडौं, जेठ २७ । नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वदेशी वस्तुको बजार प्रबद्र्धन गर्न खरिद–बिक्री बजार स्थापना गर्ने र कर्णाली एवं हिमाली कर्नरको नामबाट काठमाडौंमा बजार व्यवस्थापन सुरु गर्ने जनाएको छ ।
महासंघको हालै काठमाडौंमा सम्पन्न २३औं राष्ट्रिय महाअधिवेशन तथा २०आंै केन्द्रीय महिला उद्यमी सम्मेलनबाट निर्वाचित नयाँ कार्यसमितिको भावी योजना सार्वजनिक गर्न विहीबार गरिएको पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो ।
औद्योगिक नीति २०६७ अनुरुपको औद्योगिक व्यवसाय ऐन जारी गराउन पहल गरिने नवनिर्वाचित अध्यक्ष श्यामप्रसाद गिरीले बताए ।
महासंघले भूकम्प र आपूर्ति असहजताका कारणले पीडित उद्योगहरुको पुनःस्थापनाका लागि सरकारबाट घोषित १ खर्बको पुनरउद्धार कोषको कर्जा कार्यक्रममध्ये लघु घरेलु तथा साना उद्योगहरुलाई कम्तीमा ५० अर्ब बजेट छुट्याई कर्जा प्रवाह गर्न पहल गर्ने जनाएको छ ।
संघीय संरचनाअनुरुप महासंघको विधान संशोधन गरेको पनि महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्