
काठमाडौं, चैत २८ । विनाशकारी भूकम्पपछि प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि क्रियाशील एनजिओ र आइएनजिओको गतिविधिप्रति चीनले आशंका प्रकट गरेको छ ।
नेपाल भ्रमणमा रहेका चीनका सेन्ट्रल मिलिटरी कमिसनका उपप्रमुख एडमरल सुन जियाङ्गुओले प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँगको भेटमा ती संस्थाका गतिविधिप्रति आशंका प्रकट गरेका हुन् ।
जंगी अड्डामा प्रधानसेनापति क्षेत्रीसँगको भेटमा उपप्रमुख सुन जियाङ्गुओले भने, ‘पुनर्निर्माणको नाममा आएका एननजिओ र आइएनजिओले त कतै चीन विरोधी गतिविधि गरिरहेका छैनन् ?’
उनले तिब्बतको सुरक्षाप्रति चासो राख्दै तिब्बतसँग जोडिएका जिल्लामा सक्रिय रहेका गैरसरकारी संस्थाको भूमिकामा प्रश्न उठाएको स्रोतले जनाएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्