
पोखरा, जेठ २८ । कास्कीको पोखरा उपमहानगरपालिका–२७, हेम्जामा शुक्रबार बिहानै मोटरसाईकलको टायर पड्किएर ट्रिपरमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्वत, पकुवा–७ का २७ वर्षीय सन्तोष पौडेल रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाईते भएका पौडेलको उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा बिहान साढे ७ बजे मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका मोटरसाइकलमा पछाडि सवार पर्वतकै खौला ५ का हरिप्रसाद सापकोटाको भने सोही अस्पतालमा उपचार भईरहेको छ ।
बिहान सवा ७ बजे पर्वतबाट पोखरातर्फ आउँदै गरेको ध१प १९४७ नम्बरको मोटरसाईकलको टायर अचानक पड्किएर अनियन्त्रित हुँदा ग१ख ४३५४ नम्बरको ट्रिपरमा ठोकिएको थियो ।
दुर्घटनामा संलग्न ट्रिपर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्