
काठमाडौं, जेठ २८ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रमुख राजनीतिक दलहरुबीच सहमति बनेमा एमाले राष्ट्रिय सहमतिको सरकारका लागि बाधक नबन्ने बताएका छन् ।
प्रेस चौतारीले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले राष्ट्रिय सहमतिको सरकारका लागि एमाले बाधक नबन्ने तर वर्तमान समीकरणलाई भत्काएर बहुमतको सरकारको लागि तयार नहुने बताए ।
उनले बाहिर हल्ला भएजस्तो एमाले र तत्कालीन एमाओबादीबीच सत्ता हस्तान्तरण गर्ने सम्बन्धमा कुनैपनि भद्र सहमति नभएको दाबी पनि गरे ।
प्रतिक्रिया दिनुहोस्