Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


विद्यार्थीहरुलाई जबर्जस्ती ‘क्रिश्चियन बन्न बाध्य पार्ने’ स्कुलका सन्चालकसहित ७ जना पक्राउ


0
Shares

रवीन्द्र गौतम (इमेज)
दोलखा, जेठ २८ । दोलखामा विद्यार्थीहरुलाई जबर्जस्ती क्रिश्चियन बन्न बाध्य पारेको आरोपमा दुईओटा बोर्डिङ स्कुलका सन्चालकसहित ७ जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

पक्राउ परेका सातैजनालाई प्रहरीले पत्रकार सम्मेलन गरी शुक्रबार सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएकाहरुमा माउन्ट भ्याली बोर्डिङ स्कुलका प्रधानाध्यापक प्रकाश प्रधान, मोर्डन नेपाल स्कुलका प्रधानाध्यापक विमल शाही, क्रिस्चियन संस्था टिच नेपाल काठमान्डौंकी बनीता डंगोल, मकवानपुरका बालकृष्ण राई, गोरखाका फिलिप तमाङ, दोलखाका किरण दाहाल र रामेछापका गाडी चालक भीमबहादुर तिवारी रहेका छन् ।

उनीहरुमाथि प्रहरीले विद्यार्थी तथा स्थानीयहरुलाई जबर्जस्ती क्रिश्चियन धर्ममा लाग्न बाध्यपार्ने गरेको र घर पुगेर क्रिश्चियन धर्मसम्बन्धी पुस्तक बाँडेकोलगायतका आरोप लगाएको छ ।

यो समूहले माउन्ट भ्याली स्कुलका ५ सय र मोर्डन नेपाल स्कुलका ३ सय ८५ विद्यार्थीलाई क्रिश्चियन धर्मसम्बन्धी पुस्तकहरु ‘महान कथा’, जिसस क्राइस्टको जीवनसम्बन्धी चित्रकला, ‘क्रिश्चियन पकेट डायरी’लगायतका सामग्री पढाउने, घर–घरमा पठाउने गरेको प्रहरीले बताएको छ ।