
मोरङ, जेठ २८ । मोरङको वयरवन–९ स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट शुक्रबार अपरान्ह् एक पैदलयात्री बृद्धाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको मे१ख १५७७ नम्बरको बसको ठक्करबाट पैदलयात्री विराटनगर–३ बस्ने ६० वर्षीया शंखी धिमालको मृत्यु भएको हो ।
बिहान १० बजे बसको ठक्करबाट गम्भीर घाइते भएकी बृद्धाको उपचारकाक्रममा न्युरो अस्पताल विराटनगरमा अपरान्ह् २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिए ।
ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्