१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


अनुमतिबिना सन्चालित कन्सल्टेन्सी बन्द गर्न प्रशासनको निर्देशन


0
Shares

राजु चौधरी (इमेज)
चितवन, जेट २८ । चितवन प्रशासनले अनुमतिबिना सन्चालनमा रहेका शैक्षिक परामर्श केन्द्रहरुलाई बन्द गर्न निर्देशन दिएको छ ।

जिल्ला प्रशासनले शुक्रबार नारायणगढका ११ ओटा एडुकेसन कन्सल्टेन्सीको अनुगमन गरेपछि अनुमति नलिइ सन्चालन गरिएका ती कन्सल्टेन्सीहरुलाईं बन्द गर्न निर्देशन दिएको हो ।

अनुगमनका क्रममा कुनैपनि कन्सल्टेन्सीहरुले शिक्षा मन्त्रालयबाट अनुमति नलिएको पाइएको पनि अनुगमनकर्ताहरुले बताएका छन् ।

अनुगमन गरिएका सबै कन्सल्टेन्सी शिक्षा मन्त्रालयमा दर्ता नभएकाले बन्द गर्न निर्देशन दिइएको हो ।

यसअघि पनि अनुगमन टोलीले १३ ओटा कन्सल्टेन्सीलाई बन्द गर्न निर्देशन दिएको थियो ।

चितवनमा नेपाल शैक्षिक परामर्श संघमा आवद्ध ३० र शाखा कार्यालय रहेका १५ कन्सल्टेन्सी रहेका छन् ।