२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राष्ट्रिय सहमति नबनेसम्म अहिलेकै सरकारले निरन्तरता पाउँछ : दाहाल


0
Shares

मानबहादुर वली (इमेज)
सुर्खेत, जेठ २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेसी, थारु र आदिबासी–जनजातिको मुद्दालाई राजनीतिक सहमतिबाट समाधान गर्न राष्ट्रिय सरकारको आवश्यकता रहेको बताएका छन् ।

उनले राष्ट्रिय सहमति नबनेसम्म अहिलेकै सरकारले निरन्तरता पाउनेसमेत स्पस्ट पारेका छन् ।

शुक्रबार प्रेस सेन्टर नेपालले सुर्खेतमा गरेको पत्रकार सम्मेलनमा उनले एमालेसँग भएको भनिएको भद्र सहमतिबारे धेरै चर्चा आवश्यक नभएको र समय आएपछि सबै कुरा खुल्ने पनि बताए ।

राष्ट्रिय सहमति निर्माण गरी संविधान कार्यान्वयनलाई तीव्रता दिन कम्तिमा प्रमुख दलहरु एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो ।