
चितवन, जेठ २८ । जिल्ला अदालत चितवनले तीनजनालाई शुक्रबार जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला अदालत चितवनका प्रवक्ता गम्भीर घिमिरेकाअनुसार जन्मकैद सजाय पाउनेमा नवलपरासी दुम्कीबासका १७ वर्षीय निमे पुनमगर, २० वर्षीय मिलन पुनमगर र भरतपुर नगरपालिका–३ का १७ वर्षीय सन्दिश रानामगर रहेका छन् ।
उनीहरुले बारा गढिमाइ–१७ का १८ वर्षीय मनोज खड्कालाई हत्या गरेको पुष्टि भएपछि जन्मकैदको फैसला सुनाइको जिल्ला अदालतका प्रवक्ता घिमिरेले बताए ।
छोराको ज्यान गएपछि बुबा काशीराम खड्काले जिल्ला प्रहरी कार्यालय चितवनमा गएको मंसिर १५ गते उनीहरुविरुद्ध उजुरी दिएका थिए ।
गत मंसिर ९ गते राति सुतिरहेको बसभित्र तीनजना युवाले फलामको रड प्रहार गरेर मनोजलाई घाइते बनाएका थिए ।
उनको उपचारकाक्रममा कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा ज्यान गएको थियो । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्