
पोखरा, जेठ २८ । कास्कीमा शुक्रबार छुट्टा–छुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
पोखरा–२७ हेम्जामा मोटरसाइकलको टायर पन्चर हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
ध१प १९४७ नम्बरको मोटरसाइकलको अगाडिको टायर पन्चर हुँदा सोही दिशाबाट आउँदै ट्रिपरमुनि परेर मोटरसाइकल पर्वत पकुवा–७ का सन्तोष पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि बसेका पर्वत खौला–५ का ५६ वर्षीय हरिप्रसाद सापकोटा घाइते भएका छन् । उनको मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै, कास्कीकै कालिका गाउँ विकास समितिमा ग१त ३३८३ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकमा पल्टिँदा तनहुँ, भगवतीपुर–२ का ३५ वर्षीय सन्बहादुर नेपालीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्