२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


सुनको मूल्य उकालो लाग्नेक्रममा


0
Shares

काठमाडौं, जेठ २८ । शुक्रबार पनि सुनको मूल्य उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर ५५ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहीबार पनि ४ सयले उकालो लागेर ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदी पनि ५ रुपैयाँले महँगिएर ७ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय ७० डलर हाराहारीमा कारोबार भएको थियो ।