
काठमाडौं, जेठ २८ । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्न निर्देशन जारी गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने विषयमा बोर्डलाई जानकारी नगराइ सूचना जारी गरेको भन्दै कम्पनीको शेयर कारोबार रोक्न नेपाल स्टक एक्स्चेन्जलाई शुक्रबार पत्र पठाएको हो ।
कम्पनीले बोर्डमा अहिलेसम्म निवेदन नै नदिएको र पहिले नै सूचना प्रकाशित गर्दा बजार मूल्यमा चलखेल हुने भएकाले कारोबार रोक्न निर्देशन दिएको बोर्डका प्रवक्ता कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए ।
नेपाल लाइफले प्रतिकित्ता २९ सय ५१ रुपैयाँमा एफपीओ जारी गर्ने सूचना सार्वजनिक गरेको थियो ।
कम्पनीले बिहीबार यो सूचना सार्वजनिक गरेपछि पुँजी बजारमा एकैदिन यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता चार सय ८ रुपैयाँले बढेको थियो ।
प्रतिक्रिया दिनुहोस्