२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


पैसाका लागि साथीको हत्या, यस्तो छ घटना


0
Shares

काठमाडौं, जेठ । साथीको हत्या गर्ने सिन्धुपाल्चोक दुवाचौर–८ का बलराम ज्योतिलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको छ ।

गत वैशाख २० गते काठमाडौं महानगरपालिका–६ तिनचुलीस्थित मंगललाल श्रेष्ठको खेतमा सिन्धुपाल्चोक दुवाचौर–८ घर भइ तिनचुली बस्ने २४ वर्षीय लाक्पा तामाङको हत्या भएको अवस्थामा शव फेलापरेको थियो ।

बालककालदेखिका साथी मृतक तामाङ र अभियुक्त ज्योति तिनचुलीमा एउटै कोठामा बस्दै आएका र उनीहरुले गत वैशाख १९ गते राति रक्सी पिएर सुतिरहेको एकजना अपरिचित व्यक्तिकोसाथमा रहेको रु १० हजार लुटेका थिए र लुटेको पैसा एक्लै लिने प्रयासमा ज्योतिले तामाङको हत्या गरी फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटनापश्चात फरार रहेका ज्योतिलाई बिहीबार प्रहरीले काठमाडौं आएको अवस्थामा दक्षिणढोकाबाट पक्राउ गरेको शुक्रबार राजधानीमा आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइयो ।

ज्योति चोरीका अन्य घटनामासमेत संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । रासस

फाइल फोटो