
डोटी, जेठ २९ । डोटीको पचनाली स्थित तलकोटमा गोली प्रहार गरि एक जना युवतीको हत्या गरिएको छ । शुक्रबार राती करिव ८ः३० बजे तिर २० बर्षिया मिना साउदको गोली लागेर मृत्यू भएको हो ।
उनले आफ्नो घरमा खाजा पकाइरहेको बेलामा एक्कासी गोली लागेको बताइएको छ । साउदको पछाडीबाट दायाँ हातको कोखामा गोली लागेको छ । धनगढीको कैलालीमा अध्ययनरत साउद एक हप्ता अगाडी मात्रै बिदामा घर आएकी थिइन ।
शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल डोटीमा लगिएको छ । गाली के कति कारणले कसले हानेको हो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्