१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


पाँचथरमा आयुर्वेदिक औषधीको अभाव


0
Shares

पाँचथर, जेठ २९ । पाँचथरमा आयुर्वेदिक औषधीको अभाव भएको छ । आयुर्वेद उपचार केन्द्रमा बिरामीको चापअनुसारको औषधि खरिद नहुँदा औषधि वितरणमा समस्या भएको हो ।

पाँचवटा आयुर्वेद उपचार केन्द्र रहेको पाँचथरमा आयुर्वेद विभाग र जिल्ला आयुर्वेद कार्यालयबाट खरिद हुने औषधिको मात्रा अत्याधिक कम भएकाले बिरामीले माग अनुसारको औषधि पाउन नसकेका हुन् ।

जिल्ला आयुर्वेद औषधालय पाँचथरका प्रमुख मुरलीप्रसाद साहले विरामीको चाप दोब्बर बढे पनि औषधी खरिदका लागि सरकारले बजेट वृद्धि नगर्दा समस्या आएको बताए ।

निःशुल्क रुपमा आयुर्वेद पद्धतिको उपचार र औषधि पाउने भएपछि ग्याष्टिक, उच्च रक्तचाप र बाथ रोगका बिरामीले आयुर्वेद औषधालयमा उपचार गराउँदै आएका छन् ।