३० असार २०८२, सोमबार | Mon Jul 14 2025


उत्तर कोरियाद्वारा मिसाइल परीक्षण


0
Shares

प्योङयाङ, वैशाख २२ । उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले मिसाइलका विभिन्न प्रकारको पार्टपुर्जाहरूको परीक्षण गरिएको जानकारी दिएको छ ।

नेता किम जोङ अनको उपस्थितिमा होडो प्रायद्वीपबाट जापानी समूद्रमा शनिवार केही छोटो दुरीका मिसाइलहरू परीक्षण गरिएको बताइएको छ ।

यस मिसाइल परिक्षणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटमार्फत किमले राम्रो सम्बन्धतर्फ लागेको बाटोलाई खतरामा नपार्ने विश्वास व्यक्त गरेका छन् ।

उत्तर कोरियाली नेताले आफूले गरेको बाचा नतोड्ने पनि  ट्रम्पले जनाएका छन् ।

गत फेब्रु्अरीको २७ र २८ मा ट्रम्प र किमबीच भियतनामको हनोइमा परमाणु निशस्त्रीकरणको विषयमा दोस्रो चरणको छलफल भएको थियो ।

सो शिखर सम्मेलनमा अमेरिकाले उत्तर कोरियाविरुद्ध लगाएका आर्थिक प्रतिबन्धहरू हटाउन किमले माग गरेका थिए । सो मागमा सहमति हुन नसक्दा सो भेटघाट विना सम्झौता समाप्त भएको थियो ।

किमले बाहिरी आक्रमण वा धम्कीको अवस्थामा राजनीतिक सार्वभौमिकता र आर्थिक स्वआधारको रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिनु भएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले बताएको छ । (रासस÷एएफपी)