१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


जनताका जायज माग संविधान संशोधन गरेर पूरा गर्छौ : प्रधानमन्त्री


0
Shares

विराटनगर, जेठ २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका जायज माग संविधान संशोधन गरेर पूरा गर्न सरकार तयार रहेको बताएका छन् ।

विराटनगर–५ खार्जीमा रेडियो नेपालका संस्थापक स्वर्गीय तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले जनताका जायज माग वार्ता, छलफल, सहमति, सहकार्य र संविधान संशोधन गरेर समाधान गर्न सरकार तयार रहेको बताएका हुन् । उनले आन्दोलनरत मधेसी दललाई वार्तामा आएर समस्या समाधान गर्न आग्रह गरे ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नयाँ नीति ल्याएर देशको सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मवार, उत्तरदायी र व्यवसायीक बनाउन सरकार क्रियाशील रहेको बताए ।

कार्यक्रममा विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले सञ्चारग्राम निर्माणका लागी ७ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराइएको जानकारी दिए ।

८ करोड रूपैयाँको लागतमा निर्माण हुने सञ्चारग्राममा करिब ३ सय जना अट्ने हल र अर्को मिट द प्रेस हल, रेडियो नेपालको प्रशारण स्टुडियो, गीत रेकर्डिङ, क्षेत्रिय संग्रालय तथा गीत संगीतका कार्यक्रम सञ्चालन गर्ने कोठाहरु हुने रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले जानकारी दिए ।