
प्रदीप पौडेल (इमेज)
पोखरा, जेठ २९ । कास्कीको पोखरामा अत्याधुनिक हतियारमा प्रयोग हुने २६ राउन्ड गोली बेवारिसे अवस्थामा फेलापरेका छन् ।
फिर्केखोला क्षेत्र सरसफाइ गर्नेक्रममा शनिबार बेवारिसे अवस्थामा गोली भेटिएको हो ।
‘एसएलआर’मा प्रयोग हुने ७ दशमलव ६२ एमएमको २४ राउन्ड र ९ एमएमको ‘ब्राउनिङ’ पेस्तोलमा प्रयोग हुने दुई राउन्ड गरी २६ थान गोली भेटिएको प्रहरीले जनाएको छ ।
सरसफाइकाक्रममा गोली भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
खबर पाएलगत्तै गएको प्रहरीको टोलीले गोली नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको वडा प्रहरी कार्यालय बैदामका इञ्चार्ज प्रहरी निरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्