१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


समाचारको विषयमा पत्रकार कुटिए


0
Shares

ओखलढुंगा, जेठ २९ । सोलुखुम्बुका पत्रकार भानुभक्त निरौलामाथि कुटपिट भएको छ ।

समाचारको विषयलाई लिएर नेकपा एमाले सोलुखुम्बुका पूर्वजिल्ला सचिव एवं स्थानीय शान्ति समिति सोलुखुम्बुका संयोजक बुद्धिकुमार राजभण्डारीले शुक्रबार साँझ निरौलामाथि सल्लेरीमा आक्रमण गरेका हुन् ।

राजभण्डारीले स्थानीय शान्ति समितिको नेतृत्व परिवर्तनसम्बन्धी समाचारको विषयलाई लिएर निरौलामाथि दुर्व्यवहार गरेका हुन् ।

यसैबीच, विभिन्न संघ–संस्थाले घटनाको भत्सर्ना गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिने बताएका छन् ।