
काठमाडौं, जेठ २९ । सरकारले मुआब्जाबिना बाटो विस्तार गर्न लागेको भन्दै कलंकी–ढुंगेअड्डाका स्थानीयले अवरोधको प्रयास गरेका छन् ।
शनिबार बाटो विस्तार गर्न पुगेको टोली र स्थानीयबीच विवाद भएपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ ।
पटक–पटक ताकेता गर्दा पनि सडक मिचेर बनाइएका घर स्थानीयले नभत्काएपछि प्रहरीको सहयोगमा शनिबार बाटो विस्तारको काम भएको हो ।
सोक्रममा स्थानीयले आफूहरुसँग घर, जग्गाको लालपुर्जा भएको भन्दै मुअब्जाबिना बाटो विस्तार गर्न नपाइने भन्दै अवरोधको प्रयास गरेका थिए ।
अहिले काठमाडौंको त्रिपुरेश्वरदेखि थानकोटसम्म बाटो विस्तारको काम भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्