१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


खस–आर्य समुदायलाई राज्यले पहिचान र समान अधिकार दिनुपर्छ : उपप्रम मैनाली


0
Shares

काठमाडौं, जेठ २९ । उपप्रधानमन्त्री सीपी मैनालीले राष्ट्र निर्माणको अभियानमा खस–आर्य समुदायको भूमिका महत्वपूर्ण भएकाले राज्यले यो समुदायलाई पहिचान र समान अधिकार दिनुपर्ने बताएका छन् ।

संयुक्त खस क्षत्री नेपालले शनिबार राजधानीमा गरेको विचार–गोष्ठीमा उपप्रधानमन्त्री मैनालीले राष्ट्र निर्माणमा अहिले आन्दोलनरत् मधेसी समुदायकोभन्दा खस–आर्यको धेरै भूमिका भएको र जनसंख्यमा पनि ठूलो भएकाले उनीहरुलाई पहिचान र समान अधिकार दिइनुपर्ने बताएका हुन् ।

उनले खस–आर्य समुदायलाई राज्यले बेवास्ता गरिरहेकोमा दुःख प्रकट गरे ।

खस–आर्यलाई आदिबासीको सूचीमा सूचीकृत गराउँदै राज्यको हरेक तह र तप्कामा जातीय जनसंख्याका आधारमा पूर्णसमानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउनुपर्नेमा उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी वक्ताहरुले विभेदकारी आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ खारेज गरी राज्यले आदिबासी र आदिबासी जनजातिबीच पुनः परिषाभा गरी कानुन बनाइ समान नागरिक अधिकार र अवसर प्रदान गरी खस आर्यको योगदानको कदर गर्न माग गरेका थिए ।