२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


कृषि पेशालाई आधुनिकीकरण गर्नुपर्छ : मन्त्री गजुरेल


0
Shares

सिन्धुली, जेठ २९ । कृषिमन्त्री हरिबोल गजुरेलले कृषि पेशालाई आधुनिकीकरण गर्न सकिएमा नेपालको आर्थिक तथा सामाजिक विकासमा प्रत्यक्षरुपमा सहयोग पुग्ने बताएका छन् ।

शनिबार सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित खाद्यमेलाको उद्घाटन गर्दै मन्त्री गजुरेलले नेपालका किसानहरुको सशक्तिरणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट पाँच करोड रुपैयाँ बजेट विनियोजन गरिएकोसमेत बताए ।

कार्यक्रममा मन्त्री गजुरेलले नेपालका किसानहरुले निवार्हमुखी कृषि पेशालाई समयानुकुल परिवर्तन गरी आधुनिकीकरणतर्फ लैजानुपर्नेमा जोड दिए ।

‘खानेपानीमा सुधार गर्नुहोस्, खाद्यमेलामा सहभागी बनौं’ भन्ने आह्वानकासाथ शनिबारदेखि दुईदिने मेला अयोजना गरिएको हो ।

मेलामा स्थानीयस्तरमा उत्पादित खाद्यपदार्थ राखिएका छन् ।