
गोरखा, जेठ २९ । एनसेलले राज्यलाई तिर्नुपर्ने कर छलेर अकुत सम्पत्ति आर्जन गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गोरखाको अश्राङ गाउँ विकास समिति वडा नम्बर–७ मा रहेको एनसेलको टावरमा शनिबार आगजनी गरेको छ ।
चन्द माओवादीका कार्यकर्ताले एनसेल टावरमा रहेको जेनेरेटरमा पेट्रोल छर्किएर आगो लगाएको प्रहरीले जनाएको छ ।
टावरमा आगजनी भएपछि अश्राङ क्षेत्रमा एनसेलको सेवा अवरुद्ध छ ।
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्