२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


ललितकृष्ण श्रेष्ठको प्रतिमा अनावरण


0
Shares

काठमाडौं, जेठ २९ । गत वर्ष दिवंगत भएका अखिल नेपाल फुटबल संघ (एन्फा)का तत्कालीन कार्यबाहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठको प्रतिमा अनावरण गरिएको छ ।

एन्फाले सातदोबाटोस्थित एन्फा कमप्लेक्सको प्रांगणमा निर्माण गरेको श्रेष्ठको प्रतिमा शनिबार एक कार्यक्रमकाबीच अनावरण गरिएको हो ।

अघिल्लो वर्ष जेठ २९ गते भैसेपाटिस्थित नवनिर्मित घरमा सर्नेक्रममा करेन्ट लागेर श्रेष्ठको निधन भएको थियो ।

श्रेष्ठको निधन भएको वर्ष दिन पूरा भएको तिथि पारेर उनकी आमाले प्रतिमा अनावरण गरेकी हुन् ।

कार्यक्रममा स्व. श्रेष्ठका आफन्त, शुभचिन्तक, एन्फाका पदाधिकारी, खेलाडी, पत्रकारलगायतले श्रेष्ठको प्रतिमामा माल्यार्पण गरेका थिए ।

सो अवसरमा एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले एन्फाले स्व. ललितकृष्ण श्रेष्ठको परिवारलाई सदैव सह्योग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा बोल्ने अन्य वक्ताहरुले नेपाली फुटबलमा श्रेष्ठको योगदानबारे चर्चा गरेका थिए ।

यसैबीच, स्व. श्रेष्ठको सम्झनामा शनिबारदेखि राजधानीमा यु–१८ ललितकृष्ण मेमोरियलकप फुटबल प्रतियोगिता सन्चालन भएको छ ।

‘ए’ डिभिजन खेल्ने टोलीका १८ वर्षमुनिका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको उद्घाटन खेलमा शनिबार मनाङ–मर्स्याङ्दी क्लब र सशस्त्र प्रहरी बलको एपीएफले २–२ गोलको बराबरी खेलेका छन् ।