
काठमाडौं, जेठ २९ । हरेक १२ वर्षमा हुने लुमधि भद्रकाली खड्गसिद्धिको जात्रा शनिबार काठमाडौंको काष्ठमन्डपस्थित मरुटोलमा आयोजना गरियो ।
शुक्रबार (हिजो)बाट सुरु भएको जात्रा शनिबार मध्यरातमा समापन हुनेछ ।
असार महिनाको भल्भल अष्टिमीबाट सुरु हुने लुमधि भद्रकाली खड्गसिद्धिको जात्रा एक वर्षसम्म चली पुनः असार महिनाकै भल्भल अष्टमीमा समापन हुने गर्दछ ।
यो जात्रामा गणेश, ब्रम्हायणी, रुद्रायणी, कुमारी, नारायणी, व्यंगिनी, सिंगिनी, भैरव र महालक्ष्मी गरी १२ देवदेवीको नृत्य प्रर्दशन गरिन्छ ।
जुनश्रुतीअनुसार मल्ल राजाको पालामा सुरु भएको यो जात्रा काठमाडौंको भित्री सहर असन, इन्द्रचोक, बटु, हनुमानढोका, क्षेत्रपाटी, मरुलगायतका टोलहरुमा मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्