२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


फलामको रडले हिर्काएर छोराले गरे आफ्नै बाबुको हत्या


0
Shares

मोरङ, जेठ २९ । मोरङको कोसी–हरैंचामा शनिबार दिउँसो छोराले आफ्नै बाबुलाई फलामको रडले हिर्काएर हत्या गरेका छन् ।

कोसी–हरैंचा नगरपालिका–१५ सितुमारीका ७४ वर्षीय भोलामान राईको ३५ वर्षीय छोरा रामकुमार राईले पिताको हत्या गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए ।

बाबु–छोराबीच भएको घरायसी विवादमा रामकुमारले बाबुलाई रडले हिर्काउँदा टाउकोमा लागेर भोलामानको घटनास्थलमै मृत्यु भएको हो ।

बाबुको हत्या गर्ने छोरा रामकुमार राईलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक थापाले बताए । रासस

फाइल फोटो