३० असार २०८२, सोमबार | Mon Jul 14 2025


‘फानी’को हानि, बंगलादेशमा पाँचजनाको मृत्यु, ६० घाइते, हजार घर ध्वस्त


0
Shares

काठमाडौं, वैशाख २२ । भारतको हिन्द महासागरको तटवर्ती क्षेत्र हुँदै बंगलादेश प्रवेश गरेको शक्तिशाली समुद्री आँधी ‘फानी’का कारण बंगलादेशमा पाँचजनाको मृत्यु भएको छ ।

आँधीमा परेर त्यहाँ ६० जनाभन्दा बढी घाइते भएका छन् ।

आँधीले एक हजारभन्दा बढी घर ध्वस्त बनाइदिएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

बंगालको खाडीबाट प्रतिघन्टा झन्डै २०० किलोमिटरको बेगमा सो आँधी भारतको ओडिसा राज्य हुँदै बंगलादेश पुगेको हो ।

आँधीका कारण विद्यालय र कलेजहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।

यसअघि, सो आँधीले भारतमा १६ जनाको ज्यान लिएको जनाइएको थियो । (एजेन्सी)