१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


राजधानीमा दैनिक पाँच दाम्पत्य टुट्दै


0
Shares

काठमाडौं, जेठ ३० । चालु आर्थिक वर्षको दस महिनामा काठमाडौं जिल्ला अदालतले सम्बन्धविच्छेदका १ हजार ६ सय ७ मुद्दा टुंग्याइदियो । अर्थात्, काठमाडौंमा मात्र दैनिक ५ दशमलव ३५ वटा दाम्पत्य टुटिरहेका छन् ।

काठमाडौंमा मात्र अघिल्लो साउनदेखि गत वैशाखसम्म १ हजार ७ सय ८३ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । तीमध्ये ४ सय ३८ वटा मुल्तवीमा छन् । पारपाचुके पाउन अदालत जानेमा महिला निकै धेरै छन् । हरेक वर्ष यो तथ्यांक बढ्दो छ ।

२०७०/७१ मा प्रतिमहिना औसत १ सय ४५ सम्बन्धविच्छेदका मुद्दा फैसला भए भने २०७१/७२ मा १ सय ५२ र २०७२/७३ मा १ सय ६० पुग्यो ।

महिला अधिकारको क्षेत्रमा कार्यरत अधिवक्ता सपना प्रधान मल्ल कानुनले दिएको सुविधा नै सम्बन्धविच्छेद बढ्नुको पहिलो कारण बताउँछिन् । उनको ठम्याइमा वैदेशिक रोजगारीको बढ्दो क्रम र त्यसले निर्माण गरेको आर्थिक सम्पन्नताका साथै सक्षम र आत्मनिर्भर महिलाको संख्यात्मक बृद्धिले उनीहरु स्वनिर्णय प्रक्रियामा थप स्वतन्त्र भएका हुन् । –कान्तिपुर दैनिकबाट