१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


वैदेशिक रोजगारीमा देखिएका समस्याको समाधान खोज्न निर्देशन


0
Shares

काठमाडौं, जेठ ३० । वैदेशिक रोजगारीमा जाने कामदारहरु ठगिने क्रम बढ्न थालेपछि आज अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिले सरोकारवालाहरुसंँग छलफल गरेको छ ।

समितिको बैठकले श्रम मन्त्रालयलाई यसबारे रोजगारदाता र श्रमिकहरुबीच बृहत छलफल गरी वैदेशिक रोजगारीमा देखिएका समस्याको हल खोज्न निर्देशन दिएको छ ।

समितिका सदस्यहरुले सरकार आफैले बनाएको कानुनी व्यवस्थालाई व्यवहारिक रुप दिन नसकेको गुनासो गरेका थिए । उनीहरुले रेमिट्यान्समात्र भित्र्याउने लक्ष्य नराखि श्रमिकको हितमा काम गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गरेका थिए ।

समितिको बैठकमा श्रम मन्त्री दिपक बोहराले वैदेशिक रोजगार व्यसायीबाट हुने गरेको ठगिलाई अविलम्व नियन्त्रण गर्न सरकारले अनुगममनलाई तिव्र पार्ने र वैदेशिक रोजगार सम्बन्धी गुनासाहरुलाई हल गर्न पहल गर्ने बताए ।