३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


विभिन्न ठाउँमा रहेको एनलेल टावरमा आगजनी


0
Shares

काठमाडौं, जेठ ३० । विप्लव नेतृत्वको नेकपा माओवादीले देशका विभिन्न जिल्लामा रहेका एनसेल टावरमा आगजनी गरेको छ ।

राज्यलाई कर नतिरेको, सेवा सुविधाको नाममा व्यावसायिक मर्यादा नागेर उपभोक्ता ठगेको लगायतका आरोप लगाउँदै देशभरका दर्जनौं एनसेल टावरमा सो पार्टीले आगो लगाउँदै आईरहेको छ ।

यसैक्रममा गएराति रुपन्देहीको देवदह–३ स्थित सिमरहनमा रहेको एनसेलको टावर, दोलखा भीरकोट गैरीबेँसीस्थित एनसेल मोबाइलको रिपिटर टावर, म्याग्दीको बेनी नगरपालिका– ४ ज्यामरुकोटमा रहेको एनसेल टावर, लमजुङको हिलेटक्सार गाविस माझगाउँस्थित एनसेल टावर लगायतमा आगजनी गरेको हो ।