२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


लुटपाट र ठगी गर्ने सातजना गिरोह पक्राउ


0
Shares

रुपन्देही, जेठ ३० । रुपन्देहीका विभिन्न ठाँउहरुमा लुटपाट र ठगी गर्ने गिरोहका सात जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

प्रहरीले सार्वजनिक गरेकाहरुमा स्याङ्जा सोरेकका दिलबहादुर सेन, धनबहादुर विक, लाले दमाई, पर्वत हसौनाका ओमराज गुरुङ्ग, नवलपरासी अरुण खोलाका प्रकास सुनार, रुपन्देही बुटवलका शंकर नेपाली र नविन थापा क्षत्री छन् ।

पक्राउ परेकाहरुले घरजग्गा किन्ने ग्राहक भनेर बोलाउने र बिषालु पदार्थ खुवाएर लुट्ने गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट सुनका गहना, नगद, ल्यापटप, मोवाईल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।