Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


बार्सिलोना र एथ्लेटिको पराजित


0
Shares

काठमाडौं, वैशाख २२ । स्पेनिस लिग फुटबलमा च्याम्पियन बार्सिलोना र दोस्रो स्थानको एथ्लेटिको मड्रिड पराजित भएका छन् ।

शनिबार राति भएको खेलमा बार्सिलोनालाई सेल्टा भिगोले २–० ले हराएको हो ।

सेल्टा भिगोका लागि म्याक्सी गोमेज र इयागो आसपासले एक/एक गोल गरे ।

स्पेनिस लिग फुटबलको उपाधि जितिसकेको बार्सिलोनाले यो खेलमा आफ्ना स्टार खेलाडीहरु लियोनल मेसी, लुइस सुवारेज, फिलिप कौटिन्होलगायतलाई खेलाएका थिएन ।

ला लिगा फुटबलकै अर्को खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिडलाई इस्पानियोलले ३–० ले हरायो ।

यसैगरी, लेभान्तेले रायो भायकानोलाई ४–१ ले हराउँदा रियाल सोसिडाडले आलाभेजलाई १–० ले पाखा लगायो ।