३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


नेप्से एकै दिन ३१ अंकले बढेर १५ सय ९७ को नयाँ उचाईमा


0
Shares

काठमाडौं, जेठ ३० । आइतबार पनि शेयर बजारमा बुलिस ट्रेण्ड कायमै रह्यो । बजार परिसूचक नेप्से १६ सय नजिक पुग्यो ।

नेप्से एकै दिन ३१ अंकले बढेर १५ सय ९७ को नयाँ उचाईमा पुगेको हो । यस दिन फेरी २ अर्ब बराबरको कारोबार भयो । जलविद्युत बाहेक अरु सबै समूह सकारात्मक रहे ।

वाणिज्य बैंक समूहमा ४७ अंकको उच्च बृद्धि आएसंगै नेप्से उल्लेख्य दरले उकालो लागेको हो । बीमा समूह पनि ३० अंकले बढ्यो ।

विकास बैंक समूह पनि २२ अंकले उक्लियो । होटल समूहमा १० अंकको सुधार आयो । अन्य र वित्त समूह चाँही सामान्य अंकले मात्र सकारात्मक रहे भने जलविद्युत समूहमा ८ अंकको गिरावट आयो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३३ कम्पनीको २१ लाख ३२ हजार कित्ता शेयर १ अर्ब ९७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।