
काठमाडौं, जेठ ३० । गत जेठ ७ गते ग्याँस सिलिण्डर पड्किएर घाइते भएका राजेश ताम्रकारको उपचारको क्रममा आज मृत्यु भएको छ । उनको किर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यो घटनामा परी तीन जनाको मृत्यु भइसक्दा पनि प्रशासन तथा विभागले कारवाही र क्षतिपूर्तिमा ध्यान नदिएको भन्दै आक्रोशित स्थानीयले पाटन अस्पताल अगाडी चक्का जाम गरेका छन् ।
पाटनको हौगलमा वायरिङ गरेर तामा पित्तलका भाँडाकुँडा बनाउने क्रममा ग्याँस सिलिन्डर पड्किएर सुरेश ताम्राकार र ध्रुव ताम्राकारको मृत्यु भएको थियो भने कविना ताम्रकारको उपचार भइरहेको छ ।
प्रहरी, उपभोक्ता अधिकारकर्मी, ग्याँस वितरक संघ, गुणस्तर विभाग लगायतको सहभागितामा गरिएको अध्ययनले हिमालयन पेट्रोकेमिकल्स प्रा.लिको एचपि ब्राण्डको गुणस्तरहीन ग्याँस सिलिन्डरका कारण घटना भएको निष्कर्ष निकालेको थियो ।
प्रतिक्रिया दिनुहोस्