३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


पर्यटन क्षेत्रमा आचार संहिता लागु हुन्छ : मन्त्री पोखरेल


0
Shares

ललितपुर, जेठ ३० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले पर्यटन क्षेत्रमा आचार संहिता लागू गर्ने बताएका छन् ।

एक्प्याट इन्टरनेशनलले प्रकाशित गरेको यात्रा तथा पर्यटनमा बालबालिकाको यौनशोषण सम्बन्धी विश्वब्यापि अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री पोखरेलले पर्यटकसँग एक पथप्रदर्शक र एक भरियाको ब्यवस्था गर्नुपर्ने पर्यटन ब्यवसायीहरुको माग पूरा गर्न समेत सकारात्मक रहेको बताए ।

इन्टरनेट संजालको विकाससँगै बाल यौनशोषण रोक्न समेत चुनौती थपेको मन्त्री पोखरेलको भनाइ थियो । प्रतिवेदनले कुनै पनि देशमा पर्यटन क्षेत्रमा बालबालिकाको ब्यापकरुपमा यौन शोषण भइरहेको तथ्य सार्वजनिक गरेको छ ।

नेपाल लगायत दक्षिण एशियाली देशहरुको प्रमुख आय वाह्य वा आन्तरिक पर्यटन भएकाले पनि बालबालिकाको यौनशोषणका घटना बृद्धि भइरहेको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रमका सहभागीहरुले बालबालिकाप्रति हुने यौन वा अन्य दुब्र्यवहारको विरुद्ध सबै जाग्नु पर्नेतर्फ जोड दिएका थिए ।