
रसुवा, जेठ ३० । रसुवागढी नाका हुँदै नेपाल ल्याईदै गरेको ६ किलो अवैध सुन रसुवाको टिमुरेस्थित प्रहरीलेब बरामद गरेको छ ।
सुनसहित प्रहरीले टिमुरे गांउ विकास समिति–५ का २५ बर्षीय कुङगाङ तामाङलाई पक्राउ गरेको छ ।
थप अनुसन्धानका लागि तामाङलाई नियन्त्रणमा राखिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल टिमुरेका प्रहरी नायब उपरीक्षक दर्शन गिरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्