१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


चितवनमा पनि एनसेलको टावरमा आगजनी


0
Shares

चितवन, जेठ ३१ । देशका विभिन्न जिल्लाहरुमा एनसेलको टावरमा आगजनी भईरहेको बेला चितवनमा पनि अज्ञात समूहले एनसेलको टावरमा आगजनी गरेका छन् ।

आइतबार राति साँढे १० बजेको समयमा मोटरसाइकलमा आएका दुई जनाले भरतपुर उपमहानगरपालिका–६ लंकुमा रहेको सो टावरमा आगजनी गराएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

उनीहरुले जुटको बोरामा आगो सल्काई आगजनी गरेर भागेको प्रहरीले जनाएको छ । स्थानीयले जानकारी दिएपछि तत्कालै वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।
आगजनीबाट टावरमा पावर सप्लाई गर्ने एउटा बक्समा क्षति भएको प्रहरीले जनाएको छ ।

आगजनी गर्नेहरुलाई खोजी कार्यलाई तिब्रता दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।

अन्य जिल्लामा विप्लव माओवादीले यस्तो आक्रमण गरेको समाचार आईरहेकाले चितवनमा पनि विप्लव माओवादीको कार्यकर्ताको संलग्नता रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।