२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


कोपा अमेरिकामा ब्राजिल समूह चरणबाटै बाहिरियो


0
Shares

काठमाडौं, जेठ ३१ । कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत आज बिहान सकिएको खेलमा पेरुले ब्राजिललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

विवादास्पद खेलमा पेरुका लागि राउल रुडियाजले ७५ औं मिनेटमा निर्णायक गोल गरे । हारपछि ब्राजिलको यात्रा भने समुह चरणबाटै टुंगिएको छ ।

रुडियाजले गरेको गोल विवादास्पद बनेको हो । ब्राजिलका खेलाडीले ‘ह्याण्ड बल’ भन्दै गोल नभएको दाबी गरे पनि रेफ्रीले गोल दिएपछि पेरुले अग्रता लिएको हो । अन्तिमसम्म दुबै टोलीबाट थप गोल हुन सकेन । जसका कारण ब्राजिललाई पराजित गर्दै पेरु क्वाटरफाइनलमा पुगेको हो । ब्राजिलको यात्रा भने टुंगिएको छ ।

आजै बिहान सम्पन्न अर्को खेलमा ईक्वेडरले हाईटीलाई ४–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।