३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


गुणस्तरीय जुनार उत्पादन गर्ने सामूहिक प्रयास


0
Shares

सिन्धुली, जेठ ३१ । सिन्धुली जिल्लाको प्रमुख नगदेवाली रुपमा चिनिने सुन्तला जातको जुनार फललाई गुणस्तरीय रुपमा उत्पादन गर्न किसानहरु र जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले एकै साथ सामुहिक प्रयासको थालनी गरेका छन् ।

विगत एक वर्ष अघिदेखि जुनार फलमा देखापरेको फल कुहाउने मिनास्क रोग किराको प्रकोप उपचार पद्धतिबाट हटाउन थालिएपछि आगामी वर्ष सिन्धुली जिल्लामा २२ हजार मेट्रिक टन गुणस्तरीय जुनार उत्पादन हुने लक्ष्य राखिएको छ ।

सिन्धुली जिल्ला जुनार फलको उद्गम् स्थल मानिन्छ । जिल्लाको ८ सय देखि १ हजार ४ सय मिटरको उचाई भएका क्षेत्रमा जुनारको व्यवसायिक खेती हुने गरेको छ । जिल्लामा करिव  २ हजार ३ सय हेक्टर क्षेत्रफलमा जुनार खेती गरिएको छ ।